समाजसेवी शोभाखर रिमालको निधन

२०७९ मङ्सिर ५ सोमबार १०:५२:०० मा प्रकाशित

गैँडाकोट । समाजसेवी तथा नेपाली काँग्रेसका नेता शोभाखर रिमालको ६६ वर्षको उमेरमा निधन भएको छ । रिमालको दिल्लीमा उपचारको शिलशिलामा निधन भएको पारिवारिकस्रोतले जनाएको छ । जण्डिसको कारण स्वास्थ्यमा समस्या देखिएको थियो । गत कार्तिक २५ गते रिमालको उपचारका लागि दिल्लीको एपोलो अस्पताल लगिएको थियो । उहाँको पार्थीव शरिर आज दिउँसो सम्म गैँडाकोट ल्याइने जानकारी पारिवारिक स्रोतले दिएको छ । 

रिमाल गैँडाकोट पम्पीङ स्कीम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, नेपाली काँग्रेसको निवर्तमान गैँडाकोट नगर उपसभापति, विभिन्न धार्मिक तथा अन्य संघसंस्थामा रहेर सामाजिक विकासका लागि काम गर्दै आउनुभएको थियो । सादगी र उच्च विचारका धनि रिमालले गैँडाकोटको खानेपानी क्षेत्रको विकासका लागि अतुलनिय भूमिका निर्वाह गर्नुभएको छ । गँैडाकोटमा पम्पिङ स्कीम खानेपानीको अवधारणालाई रिमालले विकसित गर्नुभएको थियो । 

विभिन्न संघसंस्था र राजनीतिमा युवालाई अघि बढाउनु पर्दछ भन्ने धारणा रहेकै कारण रिमालले पछिल्लो समय सामाजिक संघसंस्था र राजनीतिको नेतृत्वबाट पछि हटि सहयोग गर्दै आउनुभएको थियो । 
साविक गँैडाकोट गाविसलाई खुला दिशामुक्त गाविस बनाउन रिमालले सरसफाई संस्थाको प्रतिनिधिको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।