पहिलो त्रैमासिकमा विकू बचतको उपलब्धी २६ प्रतिशत

२०७९ कार्तिक २४ बिहीबार १२:३१:०० मा प्रकाशित

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आ.ब. को पहिलो त्रैमासिकमा लक्ष्य अन्तरगत करिब २६ प्रतिशतको समग्र उपलब्धी हासिल गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएका कामहरुको समिक्षा गरी संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ समिक्षा बैठकको आयोजना गरिएको हो । संस्थाले चालु आ.ब. को लक्ष्य अन्तरगत करिब २६ प्रतिशतको समग्र उपलब्धी हासिल गरेको छ ।

बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समय सान्दर्भिक विषयको वारेमा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले सहजीकरण गर्नु भएको थियो । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो ।

बैठकमा विभागीय तथा सेवा केन्द्र प्रमुखहरुले आ–आफ्नो विभाग तथा सेवा केन्द्रले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो । संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजनासहित धारणा राखेका थिए ।

यसैबीच सेवा केन्द्रलाई दिईएको वित्तीय लक्ष्य मध्ये पहिलो त्रैमासिकमा सर्वोउत्कृष्ट उपलव्धी हासिल गरि नवजागरण सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्र हुन सफल भएको छ । त्यस्तै 6S Assessment अन्तरगत रजहर सेवा केन्द्र उत्कृष्ट भएको छ ।