अमरापुरी खानेपानीद्वारा उपभोक्तासंग अन्तक्र्रिया 

२०७९ असोज ११ मंगलबार १७:०४:०० मा प्रकाशित


गैँडाकोट । अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २३ आँै वार्षिक उत्सवको सन्दर्भमा उपभोक्तासँग अन्तक्र्रिया गरेको छ ।  संस्था र उपभोक्ता बीचको सम्बन्ध तथा सुरक्षित खानेपानीमा उपभोक्ताको पँहुच विषयक एक अन्तरक्रिया कार्यक्रम संस्थागत गतिविधि र सेवाका विषयमा प्रष्ट पारिएको थियो । 

कार्यसमितिले १० महिनामा गरेको कामलाई १२ बँुदामा प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक मनबहादुर रानाभाटले स्थाई इन्टेक नभएकोले पुरानो इन्टेकलाई सर्पोट दिन जाली लगाइएको, वार्ड नम्बर १६ मा निर्माण भइरहेको टंङ्कीमा निमार्ण भएको ढललाई पुनः निर्माण गरी सम्पन्न गरिएको, गैँडाकोट १४ मा ७ सय ८० मिटर पाइप विस्तार गरिएको, ४ वटै वार्डहरुमा गरि जम्मा ५ हजार ४ सय २५ मिटर विभिन्न साइजका पाईप लाईन विस्तार गरिएको बताउनुभयो  । 

संस्थाका अध्यक्ष मनहरी सापकोटाले संस्थामा भौतिक पूर्वाधार निमार्णको कामले गति लिएको बताउनुभयो । उपभोक्तालाई छिट्टै २४ सौँ घण्टा वितरण गर्न सकिने बताउनुभयो । 

संस्थापक अध्यक्ष भवानी पौडेलले संस्थालाई निकै दुःख गरेर यहाँसम्म आएको बताउँदै सुरक्षित पानी वितरणमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।

गैँडाकोट नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष गोपी कंडेलले जलवायु परिर्वतनले गर्दा खानेपानीमा समस्या आएको बताउँदै यसमा अब सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । 

कार्यक्रममा तत्कालिन गाविस अध्यक्ष टेकनारायण श्रेष्ठ, पूर्व जिल्ला समन्वय समिति सदस्य वद्री सापकोटा, सल्लाकार समिति खेमप्रसाद सापकोटा, पूर्व अध्यक्ष श्रीहरी अधिकारी, समाजसेवी राम कुमार श्रेष्ठ र लेखनाथ पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  संस्थाका उपाध्यक्ष गंगा सुवेदीले स्वागत मतव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव हिरालाल सापकोटाले गर्नुभएको थियो ।