समानुपातिकमा नाम राखेकोमा ओमप्रसाद सापकोटाको आपत्ति 

२०७९ असोज १० सोमबार १८:१७:०० मा प्रकाशित


गैँडाकोट । नेपाली काँग्रेस महासमिति सदस्य ओमप्रसाद सापकोटाले समानुपातिकमा नाम राखेकोमा आपत्ति प्रकट गर्नुभएको छ । 
नेपाली काँग्रेस गण्डकी प्रदेशको समानुपातिक नामावली सूचिमा खस आर्यतर्फबाट उहाँको नाम आएपछि आफु समानुपातिकबाट नभइ प्रत्यक्षबाट प्रदेशमा जाने ईच्छा रहेको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ वडा कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सापकोटाले निर्वाचन लडे प्रत्यक्षबाट लड्ने नभए अरुलाई सहयोग गर्ने मनस्थितिमा रहेको घोषणा गर्नुभयो । आफ्नो समानुपातिकमा चाहना छैन भन्दा भन्दै पनि आफ्नो नाम राखिएको प्रति उहाँले गुनासो गर्नुभएको हो । उहाँले यो ५ बर्षपछि अर्को चुनावमा भने आकांक्षा नराख्ने पनि बताउनुभयो ।
कर्मठ र निष्ठावान नेताको छवि बनाउनुभएका नेता सापकोटा २०३१ सालमा काँग्रेस प्रवेश गर्नुभएको थियो ।