शितल सामुदायीक वनमा वृक्षरोपण 

२०७९ असोज १० सोमबार १५:२४:०० मा प्रकाशित

गैँडाकोट । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीद्वारा शितल सामुदायीक बन क्षेत्र भित्रको खाली जमिनमा वृक्षरोपण गरेको छ । 

तेजपत्ता, हर्रो, बर्रो, अमला, खयर, इमली लगायत अन्य प्रजातिका गरेर करिब डेढ सय बिरुवा रोप्नुका साथै अनावश्यक झाडी सरसफाई गरिएको कल्बका सचिव प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीका अध्यक्ष गोपालबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा शितल सामुदायिक वनका अध्यक्ष पार्वती पौडेल, उपाध्यक्ष मोती खराल, सुन्दरी सामुदायिक वनका अध्यक्ष बाबुराम खनाल, लायन्सकर्मीहरु ओमराज गुरुङ विजय अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

वृक्षरोपणका लागि सव डिभिजन बन कार्यालय गैँडाकोटले बिरुवा उपलब्ध गराएको थियो ।