मौलाकालिका र हरिहर मन्दिरमा पनि राखियो जमरा 

२०७९ असोज १० सोमबार १३:२९:०० मा प्रकाशित


गैँडाकोट । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनमा गैँडाकोटका शक्तिपठिहरुमा पनि घटस्थापना गरिन्छ । आज देखि नवरात्र आरम्भ भएको छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिएको छ ।

गैँडाकोट एकमा रहेको मौलाकालिका मन्दिरमा घटस्थापना सगैँ जामरा राखिएको मौकाकालिका मन्दिर धार्मीक सेवा समितिमा अध्यक्ष सालिकराम सापकोटाले बताउनुभयो । नवरात्रभर विधिपूर्वक देवीको आह्वान गरी शुभसाइतमा घटस्थापना गरिएको हरिहर प्रमान्नद शन्यास आश्रमका अध्यक्ष जिवलाल कंडेलले बताउनुभयो । 

 जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ ।  

यसैबीच,बडादशैंको दोस्रो दिन भोली  देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना हुनेछ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।