कालिका मन्दिर कालिका आश्रममा श्रीमद्देवीभागवत महापुराण गरिदै 

२०७९ असोज १० सोमबार १३:०५:०० मा प्रकाशित


गैँडाकोट । कालिका मन्दिर कालिका आश्रम गैंडाकोट ८ मा विजया दशमीको अवसरमा श्रीमद्देवीभागवत महापुराण हुने भएको छ । आश्रमको निर्माणाधीन मन्दिरलाई पूर्णता र अक्षय कोष बृद्धि दिने उद्देश्यले श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिएको मन्दिरका अध्यक्ष धनप्रसाद सापकोटाले बताउनुभयो । साथै घटस्थापनाका अवसर पारि कलस यात्रा पनि गरिएको छ । 

वैदिक विद्यिपुर्वक समाजमा धार्मिक, आध्यात्मिकभाव जागरण गराई सनातन हिन्दु धर्म संस्कृतिको प्रचार प्रसारपूर्वक व्यक्ति, समाज र राष्ट्रमा शान्ती स्थापित गराउने शुभसंकल्पका साथ नवरात्र (विजयादशमी) को पावन अवसरमा आजदेखि श्रीमद्देवीभागवत महापुराण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार दैनिक महायज्ञमा पाठ परायण एवं डा. नारायणप्रसाद गौतमयुवा पण्डित रविन्द्र चापाँगाई  ले संगीतमय कथावाचन गर्नुहुनेछ । 

विशेष कार्यक्रम अन्तर्गत १० गते १०ः२३ बजे देवीस्थापना, घटस्थापना, सत्संग, १६ गते साझ ६ बजे फुलपाती भित्र्याउने, १७ गते राती कालरात्रि पूजा, १८ गते महानवमी कन्या पूजन तथा हवन र १९ गते विजयादशमीको टीक ग्रहणका कार्यक्रम रहेका छन् । 

श्रीमद्देवीभागवत महापुराण नवाह ज्ञानमहायज्ञमा उपस्थिती भई तन, मन र धनले सहयोग गर्नहुन मन्दिरका अध्यक्ष सापकोटाले आग्रह गर्नुभएको छ । साथै कालिका मन्दिर कालिका आश्रमको १६ गते सप्तमीका दिन २६औं साधारण सभाको समेत आयोजना गरिएको छ ।