सेन्ट्रल कलेज प्रथम सेभेन ए साइड मेयर कप खुल्ला नकआउट फुटबल प्रगियोगिता सुरु

२०७९ असोज ९ आइतबार १९:३२:०० मा प्रकाशित


गैँडाकोट । सेन्ट्रल कलेज प्रथम सेभेन ए साइड मेयर कप खुल्ला नकआउट फुटबल प्रगियोगिता आजबाट सुरु भएको छ । अमरापुरीमा रहेको लक्ष्मी मा.वीको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गर्नुभएको थियो ।

खेल उद्घाटन गदै उहाँले खेल क्षेत्रका लागि नगरलले सहयोग गर्ने बताउनुभयो। त्यस्तै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले खेलले राष्ट्रलाई चिनाउने भएकाले खेल क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो । 

खेलको पहिलो दिन गैँडाकोट खेलकुद समिति र अविशेक चर्च रजहर बिच भएको खेलमा दुई एक गोलको अन्तरले अविशेक चर्च विजयी भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार, दोस्रो हुनेलाई २१ हजार र उत्कृष्ट खेलाडिलाई ५ हजार १ सय पुरस्कार रहेको रेम्बो क्लब गैँडाकोट १६ का अध्यक्ष विवेक न्यौपानेले जानकारी दिनुभयो ।

रेम्बो क्लबको आयोजनामा भएको प्रतियोगितामा १४–१७ का ४० बर्ष माथिको लागि भेट्रान कप र जनप्रतिनिधीको डोरी तान्ने प्रतियोगिता रहेको छ ।  आज भएको उद्घाटन कार्यक्रम खेल संयोजक प्रकाश सापकोटाको अध्यक्षतामा भएको थियो ।