गायक प्रदिप ढकाल को ‘भनन मलाई’ सार्वजनिक

२०७९ असोज ९ आइतबार १८:४७:०० मा प्रकाशित


गैँडाकोट । गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत र स्वरमा रहेको गीत ‘भनन मलाई’ सार्वजनिक भएको छ । उदयमान मोडल काजल र गायक स्वयम्को अभिनय रहेको ‘भनन मलाई’ बोलको गीत प्रदिप ढकालको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ढकाल विगत १ दशकदेखी साङ्गीतिक क्षेत्रमा लाग्नुभएको हो । 
बुद्ध थापाले छायाङ्कन गर्नुभएको गीतमा प्रोडक्सन मनोज जोशीले गर्नुभएको हो भने भिडियो सम्पादन सुप्रीम पराजुलीले गर्नुभएको हो । 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।