आदर्श विकास समाजको वार्षिकोत्सवमा सरसफाई

२०७९ असोज ९ आइतबार १४:२९:०० मा प्रकाशित

गैँडाकोट । विश्व नदी दिवस एवं आदर्श विकास समाज नेपालको २७ औं वार्षिकोत्सवको अवसरमा आदर्श विकास समाज नेपालको आयोजना तथा १ नम्बर वडा कार्यालय गैंडाकोट –१ को संयोजनमा आइतबार नारायणी नदी सरसफाई गरिएको छ । 

गैंडाकोट १ को वृटिश क्याम्पदेखि आदर्श खेल मैदान सम्मको धार्मिक स्नान घाट क्षेत्र नदी किनारमा सरसफाइ गरिएको हो । नारायणी नदी सरसफाई कार्यक्रममा आदर्श टोल विकास संस्था, जलुके खानेपानी तथा सरसफाइ संस्था, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले गैँडाकोट वडा नं १ धार्मिक पर्यटकीय तीर्थस्थल रहेको क्षेत्रको नदी किनारलाई सरसफाइ गरी सफा सुन्दर राख्न गैँडाकोट नगर पालिका वडा नम्बर १ को तर्फबाट आफुले योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने बताए । सो कार्यक्रम आदर्श विकास समान नेपालका अध्यक्ष गिरीराज लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।