अमरापुरी बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

२०७९ असोज ८ शनिबार १८:०३:०० मा प्रकाशित

गैंडाकोट । अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार अमरापुरी पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका उप–प्रमुख शान्ति कोइरालाले सहकारीले हरेक नागरिकलाई अभिभावकत्व प्रदान गर्नुपर्ने बताउँदै अमरापुरी बहुउद्धेश्यीय सहकारी संस्थाले जनमुखी भावनाले संस्था संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्यक्षको प्रगति प्रतिवेदन, सचिव ईश्वर प्रसाद सापकोटाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष ख्याम नारायण लम्सालले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक रविलाल खरालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कान्ती पुरी, अमर बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि चन्द्र प्रसाद पराजुली, संस्थाका सल्लाहकारद्वय मन बहादुर रानाभाट र तेजेन्द्र प्रसाद सापकोटा, संस्थापक अध्यक्ष भगवान प्रसाद काफ्ले र गैंडाकोट नगरपालिका वडा नं १७ का वडाध्यक्ष गोपी कंडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा सदस्यहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।