उन्नती कल्चरल भिलेजमा दशैँ मेला

२०७९ असोज ८ शनिबार १६:५८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा रहेको सिजी उन्नती कल्चर भिलेजले दशैँ मेला कार्यक्रम गरेको छ । शनिबार सांस्कृतिक कार्यक्रमसँगै चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको थियो । 

कार्यक्रममा बोल्दै गैँडाकोट नगपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले संस्कृति संरक्षण गर्न आजको समयमा कठिन भएको तर सिजी उन्नती कल्चरल भिलेजले भने यो सम्भव गराएको बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले उन्नती कल्चरल भिलेजले परापूर्व कालमा विभिन्न जातजातीहरुले प्रयोग गर्ने सामाग्रीदेखी रितिरिवाज समेत यसै कलाघरमा राखिएकोले यो क्षेत्र गैँडाकोटको नमुना रहेको बताउनुभयो । 

कार्यक्रममा चौधरी उद्योग दुम्कौलीका महाप्रबन्धक नारायणकाजी सिटौलाले उन्नती कल्चरल भिलेजले लोप हुने अवस्थामा रहेका कला संस्कृतीलाई संरक्षण गर्न सहयोग पु¥याएको बताउनुभयो । 

चित्रकला प्रर्दशनीमा २४ वटा चित्रहरु प्रदर्शनी गरिएको थियो । चित्रकारहरु भिमप्रसाद शर्मा, बरुणबाबु घिमीरे, रश्मी अमात्य, सुरक्षा वाग्ले लगायतले बनाएका मौलिक संस्कृती, भेषभूषा लगायतका जीवन भोगाइलाई चित्रमा देखाइएको थियो ।