खैरहनी सिमलघारीमा एक महिला मृत अवस्थामा फेला

२०७९ श्रावण २३ सोमबार १३:४१:०० मा प्रकाशित

चितवन
पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था महिलाको शव फेला परेको हो ।
दराजको समाउने मुठीमा सल बाँधेर घाटीमा पासो लगाएको अवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो  । आत्महत्या गरेको हो वा हत्या भएको हो भनेर यकिन गरि नसकेको अधिकारीले बताउनुभयो । पोष्टमार्टम रिपोर्ट पश्चात मात्रै घटनाको विषयमा प्रष्ट हुने उहाँले बताउनुभयो । शवलाई पोष्टमार्टमको लागि भरतपुर लगिएको छ ।

यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको हत्या भएको दावी गरेका छन् । दराजको मुठ्ठी र भुइँ झुन्डिन नमिल्ने दुरिमा रहेकोले आत्महत्या हुनै नसक्ने उनिहरुको दाबी छ । प्रहरीले अनुसन्धान कार्यलाई अगाडी बढाएको जनाएको छ ।