गैँडाकोट नगरको शिक्षा कार्यबिधि बनाउन उपसमिति गठन 

२०७९ श्रावण २३ सोमबार ०८:०१:०० मा प्रकाशित

गैँडाकोट
गैँडाकोट नगरपालिकाको शिक्षा समितिको पहिलो बैठकले शिक्षा कार्यबिधि बनाउन उपसमिति गठन गर्नुका साथै बिभिन्न निर्णय गरेको छ । 
पहिलो बैठकले उपसमिति गठन गर्नुका साथै, शिक्षण पेशालाई मर्यादित बनाउने, शिक्षकको विदा सम्बन्धमा छलफल गरेको शिक्षा समिति सदस्य एवम् गैँडाकोट ६ का वडाध्यक्ष शुभाष चापाँगाइले जानकारी दिनुभयो । 

शैक्षिक व्यक्तित्व एवम् शिक्षा समिति सदस्य दोलराज पाण्डेको अध्यक्षतामा शिक्षा कार्यबिधि बनाउन उपसमिति गठन भएको हो । जसको सदस्यहरुमा खेमराज सापकोटा, सुभाष चापागाई, चुडामणि शर्मा कँडेल, सदस्य सचिवमा शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल हुनुहुन्छ । शिक्षा ऐनलाई कार्यान्वयन गर्न सहज बनाउन कार्यबिधिको आवश्यकता पर्ने हुँदा उपसमितिको गठन आवश्यक पर्ने शिक्षा समिति सदस्य खेमराज सापकोटाले बताउनुभयो ।