२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

२०७९ श्रावण २२ आइतबार १८:२३:०० मा प्रकाशित

गैँडाकोट । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।