विजय एफएमका अध्यक्ष डा.चापागाईं सम्मानित

२०७९ श्रावण २२ आइतबार १८:०७:०० मा प्रकाशित

गैँडाकोट । नेपाल प्रेस युनियन नवलपुरद्वारा सामुदायिक रेडियो विजय एफएम १०१.६ का अध्यक्ष डा.भूमिराज चापागाईं सम्मानित हुनुभएको छ । आइतबार युनियनको सम्मान कार्यक्रममा अध्यक्ष चापागाईंले पत्रकारिता विधामा विद्यावारिधी उपाधी प्राप्त गर्नुभएकोमा सम्मान गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपुरका प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले चापागाईंलाई सम्मान गर्नुभएको हो । चापागाईंले नेपाली संस्कृतिको प्रवर्धनमा एफएम रेडियोको भूमिका विषयमा अनुसन्धान गर्नुभएको थियो । सम्मानित डा. चापागाईंले समुदायमा मिडिया र पत्रकार प्रतिको विश्वास बढी रहने हुँदा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले संवेदनशील भएर विषय उठान गर्न आवश्यक रहेको बताउनुभयो । 

तलको समाचार पढ्न हेडलाइनमा क्लीक गर्नुहोस

प्रेस युनियनका केन्द्रीय सभापति सहित पाँच जना सम्मानित

डा. शशांकले भने “देवघाटदेखि त्रिवेणीसम्म बैकल्पीक राजमार्ग बनाउने सपना छ ।”