अब नवलपुरलाई एमालेमय बनाउनुपर्छ ः छत्रराज पौडेल 

२०७९ श्रावण २२ आइतबार १४:१३:०० मा प्रकाशित



गैँडाकोट । नेकपा एमालेका पार्टी जिल्ला समिति सदस्य एंव गैँडाकोट नगरपालिकाका पूर्व नगरप्रमुख छत्रराज पौडेलले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावमा नवलपुरलाई एमालेमय बनाउनुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो नगर अधिवेशनमा बोल्दै उहाँले स्थानीय तहको निवार्चनमा भएको कमि कम्जोरी लाई सच्चाउदैँ अबको चुनावमा एक भएर लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “हामी व्यक्तिमा भन्दा पनि पार्टीलाई हेर्नुपर्छ । पार्टीलाई बलियो बनाउनुपर्छ । हामी जहाँ पुग्छौँ त्यहाँ एमाले आयो भन्ने वातावरण बनाउनुपर्छ ।” सुखी नेपाली समिद्ध नेपालको परिकल्पना पुरा गर्न अबको चुनावमा एमाले जित्न आवश्यक रहेको उहाँको भनाई छ ।

साथै पौडेलले महिलाको अधिकार संविधानमा लेख्न अखिल नेपाल महिला संघले ठुलो भूमिका खेलको र आगमी दिनमा पनि महिलाको पक्षमा सधै आवाज उठाउन आग्रह गर्नुभएको छ ।