गैँडाकोटकी गायिका रिताको  ‘अभागि चेली’ सार्वजनिक

२०७९ श्रावण २२ आइतबार ११:३८:०० मा प्रकाशित

गैँडाकोट । गैडाकोटकी गायिका रिता आचार्य कंडेलको ‘अभागि चेली’ गीत सार्वजनिक भएको छ । दिपिका म्युजिक युटुव च्यानल मार्फत शुक्रवार गीत सार्वजनिक गर्नुभएको हो ।

सामाजिक सञ्चालमा मौलिक गीत गाएर चर्चामा आउनुभएकी कंडेलको पहिलो गीत हो । नारीवादी रहेको गीतमा छोरीलाई माइती पक्षले गर्ने व्यवहार र चेलीले माइती पक्षसंग राख्ने अपेक्षालाई मौलिक भाकामा उतारिएको छ । गीतमा मौलिकता हराईरहेको समयमा यस्ता गीतले समाज परिर्वतनमा गर्न सहयोग पुग्ने अपेक्षा लिईएको छ । ‘अभागि चेली’ गीतमा शब्द र स्वर कंडेलको रहेको छ ।

यस गीतमा रुपी सिंजाली मगर र प्रेमा रानामगरले साहायक स्वर दिएका छन् । सागर विरहीले संगीत यस गीतमा संगित भर्नुभएको छ । 
११ मिनेट २६ सेकेण्ड भिडियो रहेको गीतको छायाङ्कन दिपिका म्यूजिक कम्पनीले गरेको छ । भिडियोमा अभिनय अस्मिता रानामगर, रिता कंडेल सहित दिपिका म्यूजिक कम्पनीका कलाकारले अभिनय गरेका छन् ।