रत्नराज्य लक्ष्मीको शिक्षक दरबन्दिको बिषयमा विवाद भएपछि निर्णय उल्टाइयो

२०७९ श्रावण २२ आइतबार ०७:३७:०० मा प्रकाशित

गैँडाकोट 
रत्नराज्य लक्ष्मी मावी गैँडाकोटको शिक्षक दरबन्दिको बिषयलाई लिएर विवाद भएपछि निर्णय उल्टाइएको छ ।

विद्यालयको मावी द्वितिय स्तर प्राबिधिक धार कम्प्युटर इन्जिनियरिङका लागि आवेदन खुलाइएको थियो । सो पदका लागि ३ पटक आवेदन खुलाउदा समेत मात्र २ जनाको निवेदन प¥यो लिखित, मौखिक परीक्षा भएर नतिजा प्रकाशित भएपछि निर्णय सच्चाइएको हो ।

शनिबार गैँडाकोट नगरपालिकामा, भएको निर्णयप्रति आपत्ती जनाउदैँ बिरोध भएको थियो । परीक्षामा मोवाइल नै लगेर परीक्षार्थीले परीक्षा लिएको, सक्कली सर्टिफिकेट विना पनि मौखीक परीक्षा लिएर पास गराइएको भनि नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोटले बिरोध जनाएको थियो । विरोध पछि भएको शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष बिचको छलफलले पुन अर्को नतिजा प्रकाशित गरि निर्णय उल्टाइएको हो ।

छनौट गरिएको व्यक्तिले सक्कली सर्टिफिकेट नल्याएको भन्दै अहिले विद्यालयले विवेक न्यौपानेलाई सिफारिस गरेको छ । साथै उहाँलाई ७ दिनभित्र सक्कली सर्टिफिकेटका साथ विद्यालयमा उपस्थित हुन सुचित गरिएको छ । यस्तै परीक्षार्थीले परीक्षा दिदाँ मोवाइल नै लगेको र सक्कली सर्टिफिकेट विना पनि मौखीक परीक्षा लिएको प्रति छानविन गर्न आग्रह गरिएको छ । यसैसम्बन्धमा आज दिउसो नगरपालिकामा छलफल समेत गरिने जनाइएको छ ।