नारायणी माविका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण 

२०७९ श्रावण १८ बुधबार १५:५६:०० मा प्रकाशित

गैँडाकोट
लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाकाले नारायणी माध्यामिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विद्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरि ३ जना चेपाङ सहित ४६ जनालाई विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । ३ जना चेपाङ विद्यार्थीलाई विद्यालय पोशाक र झोला र अन्य विद्यार्थीलाई शैक्षिक सामग्री, कपि, कलम हस्तान्तरण गरिएको थियो । 
लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष धुब्रप्रसाद न्युरेले लायन्सको धर्म र कर्म नै समाजसेवा भएकाले सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरका लागि सबै मिलेर सहयोग गरेको बताउनुभयो । सानो सहयोगले पनि विद्यार्थीहरुलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सामाजिक काम गर्दै आएको लाउन्सले शैक्षिक साम्रगी वितरण गरेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेको बताउनुभयो । विद्यार्थीहरुलाई सवद्यालय पोशाक र शैक्षिक सामग्रीले अध्ययनमा सहयोग र टेवा पु¥याउने उहाँको भनाई छ । 
नारायणी माध्यामिक विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यार्थीहरुलाई सहयोग गरेकोमा क्लवलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य रहने बताउनुभयो । 
डिष्ट्रिक ३ सय २५ आर नेपालका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले समाजप्रति उत्तरदायि बन्दै आएको र आगामी दिनमा प ियस कार्यलाइृ निरन्तरता दिन आग्रह गर्नुभयो । 
सो शैक्षिक सामग्री वितरण कार्यक्रममा नर्सरी देखि ५ कक्षासम्मका ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा गैँडाकोट ७ का वडाध्यक्ष होमनाथ सापकोटा, लायनहरु चिन्तामणि कँडेल, शालिकराम सापकोटा, कृष्ण पाण्डे, गोपालप्रसाद गौतम, हरिप्रसाद ढकाल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन संकर आचार्यले सञ्चालन गर्नुभएको थियो ।