कालिका मन्दिर कालिका आश्रमको निमार्णधिन मन्दिरमा गजुर स्थापना 

२०७९ असार १७ शुक्रबार १३:०३:०० मा प्रकाशित

गैँडाकोट
कालिका मन्दिर कालिका आश्रमको निमार्णधिन मन्दिरमा गजुर स्थापना गरिएको छ । आज विहान शुभसाइतमा निर्माणधिन प्यागोडा शैलीको मन्दिरमा ताम्रपत्रबाट निर्मीत गजुर स्थापना गरिएको हो । डा. नारायण प्रसाद गौतमले विधिबत मन्त्रोचारण गर्दै गजुरको पूजा अर्चना गर्नुभएको थियो । 
गैँडाकोट ५ का काशीराम गौतमको सहयोगमा २ लाख १ हजार १ सय ११ रुपैँयाको लागतमा मन्दिरमा गजुर राखिएको हो । आफ्ना पितृ हजुरबुवा गौरेश्वर गौतमको नाममा काशीराम गौतमको परिवारले १८ गेज तामाको ५० किलोको गजुर मन्दिरका लागि उपलब्ध  गराउनुभएको हो । 
कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले चितवन नवलपुरमा यस्तो आकर्षक शैलिको गजुर नभएको बताउदैँ आजको दिनसम्म मन्दिरको ७५ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । 
१३ सय क्यू फिट सालको काठ प्रयोग गरिएको गजुर बाहेक २६ सय केजी तामा प्रयोग गरिएको छ साथै मन्दिरमा राखिएको गजुर बिशेष रहेको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले मन्दिर निर्माणका क्रममा अन्दाजी १ करोड ७५ लाख खर्च भइसकेको बताउनुभयो । मन्दिरमा आखिझ्याल, आकर्षक ढोका, आकर्षक प्रवेशद्धार, अष्ट दिक्पाल, अष्ट भैरव, अष्ट मात्रृका, २४ कोटी देवताका अवतार र टुडालहरु काष्ठकलामा निर्मित गरिएको छ । 
मन्दिरका समिति, बिभिन्न उपसमिति, धार्मीक एवम् सामाजिक व्यक्तित्व र सरोकारवालको उपस्थितिमा निमार्णधिन गजुरको स्थापना गरिएको थियो । उपस्थित व्यक्तित्वले यसले गैँडाकोटको धार्मिक पर्यटकिय क्षेत्रमा टेवा पु¥याउने र गैँडाकोटको पहिचान बन्ने बताउनुभएको छ ।