गैँडाकोट ईङ्गलिस स्कुलमा बिभिन्न पदको लागि ३० जनाको मनोनयन दर्ता 

२०७९ असार १६ बिहीबार १८:५२:०० मा प्रकाशित

गैँडाकोट
गैँडाकोट ईङ्गलिस स्कुलमा निर्वाचन कार्यक्रम अन्र्तगत आज मनोनयन दर्ता गरिएको छ । निर्वाचन कार्यक्रमबाट स्टुडेण्ट हेड र डेपुटी स्टुडेण्ट हेड बालक्लबको अध्यक्ष, रेडक्रसको अध्यक्ष लगायत चयन गर्न विद्यालयले निर्वाचन गराउदैँ छ । विद्यार्थीको प्रत्यक्ष संलग्नतामा भइरहेको सो निर्वाचनको कार्यक्रमका लागि आज मनोनयन दर्ता गरिएको हो । जसमा स्टुडेण्ट हेड र डेपुटी स्टुडेण्ट हेडमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये सोफीया सापकोटा, आरोही खड्का, एनिक्स राना, आतप रेग्मी, सचिन पौडेल, प्रान्जल पौडेल रहनुभएको छ । बाल क्लव अध्यक्षका लागि ४ जनाको मनोनयन दर्ता भएको छ । रेडक्रस अध्यक्षका लागि ४ जना, ब्लु हाउस क्यापटेनका लागि ३ जना, ग्रिन हाउस क्यापटेनका लागि ५ जना, रेड हाउस क्यापटेनका लागि ५ जना, यल्लो हाउस क्यापटेनका लागि ३ जनाको मनोनयन दर्ता भएको तहगत संयोजक जिवन दवाडीले जानकारी दिनुभयो । देशकोे संसदिय निवार्चनमा हुने हरेक कुराकोे ज्ञान प्राप्त हुने साथै यसको पहिलेबाटै अभ्यास गराउदा पछि सहज हुने उद्देश्यले निर्वाचन कार्यक्रम गरिएको स्कुलकी एकाडेमिक सुपरभाइजर बिना कोइरालाले जानकारी दिनुभयो । विद्यालयको कक्षा १० का विद्यार्थीहरुको नेतृत्वमा निर्वाचन गरिएको छ ।