गैँडाकोटमा विद्यार्थीले धान रोपे 

२०७९ असार १५ बुधबार १७:५२:०० मा प्रकाशित

गैँडाकोट
असार १५ धान दिवसमा गैँडाकोटमा फरक दुश्य देखियो विद्यालयको पोशाकमा ठाटिएका विद्यार्थी खेतमा धान रोप्दै गरेको ।  गैँडाकोटको शाइनिङ आवासिय माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई धान रोपाई र व्यवसायिक धान खेतीको बारेमा जानकारी दिने उदेश्यले खेतमा लगेको थियो । विद्यालयमा पढने सिक्ने विद्यार्थी धान खेतमा रोप्दै गर्दा रमाइ रमाइ धान रोप्दै हिलो खेलाउदैँ थिए । साथीभाई र शिक्षकसँग असार पन्ध्रमा धान रोप्दा विद्यार्थी युनिशा आचार्य खुशी देखिनुभएको थियो । आफ्ना बाजे, हजुरबुबाले गरेको कृषिलाई अवका पिढिले पनि पछ्याउनुपर्ने र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । 
खेतमा बाउसे, आलि कान्ला सम्माउने अनि धान रोप्ने काम पनि गरिरहेका छन । यसरी धान रोप्दै गर्दा अर्का विद्यार्थी शुभेच्छा पौडेल पनि खुशि हुनुहुन्छ । असारे पन्ध्रको बिशेष महत्व रहेको उहाँको भनाई छ । हिलोको टिका लगाएर खेत रोप्दै गर्दा घिन मान्न नहुने पनि उहाँ बताउनुहुन्छ । 
विद्यालयले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञान हासिल गरुन भनेर विद्यालयले बेलाबेलामा यस्ता कार्यक्रम गर्ने गरेको शाइनिङ आमाविका प्रधानाध्यापक लक्ष्मीप्रसाद दवाडीको भनाई छ । विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिएर नै खेतमा धान कसरी रोप्ने र प्रक्रिया के हुन्छ भन्नेमा सहभागि बनाएको बताउनुभयो । 
विद्यार्थीहरु यसरी खेतमा धान रोप्न पाउँदा खुशी खेखिएका थिए । विद्यालयले परियोजना अन्र्तगत फिल्डमा नै लगेर सिकाउँदा बुझ्न र सिक्न सजिलो भएको विद्यार्थीहरुको भनाई छ । शाइनिङका करिव दुइसय विद्यार्थीले धान रोपेका थिए ।