नवलपुरमा २५ प्रतिशत धान रोपाइ 

२०७९ असार १५ बुधबार ११:१०:०० मा प्रकाशित

नवलपुर । नवलपुर जिल्लामा असारको १५ सम्ममा २५ प्रतिशत धान रोपाइ भएको छ । कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले मौसमले साथ दिएकाले यसबर्ष समयमै धान रोपाइ सुरु भएको बताउनुभयो । 
असार मसान्तसम्म ८० प्रतिशत रोपाइ सकिने अनुमान कृषि ज्ञान केन्द्रको छ । रसायनिक मलको अभावका कारण किसानलाई समस्या परेको भएपनि मौसमले साथ दिएकाले धान रोपाइमा खासै समस्या नभएको सुचना अधिकारी पौडेलले बताउनुभयो । 
नवलपुर जिल्लामा यसबर्ष १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइ हँुदैछ । अहिल्लो वर्ष जिल्लामा ७५ हजार ८ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यसबर्ष पनि सोहीको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ ।