गैँडाकोटमा भल निकासको प्रयास 

२०७९ असार १५ बुधबार १०:४४:०० मा प्रकाशित


गैँडाकोट । दुईदिन देखी परेको अविरल बर्षाका कारण गैँडाकोटका विभिन्न स्थान जलमग्न हुन थालेका छन् । 
गैँडाकोट ४ को झपर्दी लगायतका स्थानमा पानी जम्न थालेपछि भल निकासको कार्य प्रराम्भ गरिएका छन् । हरेक वर्ष डुबानमा परेका यस क्षेत्रमा समस्या समाधानका लागि दिर्घकालिन प्रयामस नगरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । पूर्व पश्चिम राजमार्गको जनक मावि नजिक, कांग्रेस चोक पूर्व बुद्धचोक लगायतका स्थानमा ह्युमपाईप राख्ने तथा ढल निकास कार्य चलिरहेको छ । २ वटा जेसिबीले काम गरिरहेका छन् । 


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भल निकासका लागि नगरपालिकाका तर्फबाट काम भईरहेको बताउनुभयो । विजय एफएमसँगको कुराकानीमा अधिकारीले भल निकासका लागि नगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबारको निर्णय अनुसार ह्युमपाइप ल्याएर राख्ने काम भईरहेको बताउनुभयो ।  
वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश सापकोटाले भल निकासका लागि आवश्यक समन्वय गरिरहेको बताउनुभयो । गैँडाकोट नगरपालिकाले यस वर्ष विपद् व्यवस्थापनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गैँडाकोटको पूर्वी उत्तरी क्षेत्रबाट बगेर आएको पानीका कारण वर्षेनी गैँडाकोट २, ४, ५, ८ र ७ नम्बर वडा क्षेत्र जलमग्न हुने गरेको छ ।