महेन्द्र स्मारकका १ सय ४५ बिद्यार्थीलाई जुत्ता वितरण

२०७९ असार १३ सोमबार १६:२६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट २ स्थित महेन्द्र स्मारक आधारभुत विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयका १ सय ४५ जना बिद्यार्थीलाई जुत्ता वितरण गरिएको छ। 
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले कुनैपनि किसिमको परिवर्तन ल्याउन शिक्षा आर्जन गर्न आवश्यक रहेको बताउनुभयो । गैँडाकोट २ मा रहेको यो विद्यालयलाई व्यवस्थित गराउने उदेश्य रहेको उहाँले बताउनुभयो। 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेले अक्षयकोष दाताहरुलाई धन्यवाद दिदै पहिला दिएको पोषाक केही विद्यार्थीहरुले नलगाई आएको गुनासो गर्नुभयो। उहाँले विद्यार्थीहरुलाई घरमा अनुशासीत रहन सिकाउन साथै पोषाक अनिवार्य लगाई दिन अनुरोध गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम सापकोटाले विद्यालयलाई व्यवस्थित गर्ने तर्फ आफुहरुको पाईला अगाडि चालेको बताउनुभयो। विद्यालयमा धेरै विद्यार्थीहरुको घरको आर्थिक अवस्था कमजोर रहेकाहुनाले केही सहयोग पुग्ने आशामा छात्रवृत्ति दिएको बताउनुभयो। 
छात्रवृत्ति कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, अभिभावकहरु, विद्यार्थीहरु, संघसंस्थाका प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो।