अक्सफोर्ड कलेजमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

२०७९ असार ११ शनिबार १२:५५:०० मा प्रकाशित

गैँडाकोट। गैँडाकोट २ स्थित अक्सफोर्ड कलेजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ। 
कार्यक्रममा अक्सफोर्ड कलेजका प्रधानाध्यापक ईन्जिनियर हरि भण्डारीले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षाबाट बंचित भएकाहरुलाई आफुले सक्दो सहयोग गरेर शिक्षा प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता बालबालिकाहरुलाई आ–आफ्नो बडाबाट खेजेर भएपनि सिफारीस गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो। जनप्रतिनिधिहरुले जनताको हित हुने काम गर्दिए जनाताले सम्मान गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सम्मानका लागि आभार व्यक्त गर्दै कार्यक्रममा दिइएको शिक्षाले विकासका कामहरु गर्दा मार्ग निर्देशनमा आफुहरुलाई सहयोग पुग्ने बताउनुभयो। उहाँले अक्सफोर्ड कलेजले गैँडाकोटको मात्र नभई देशको शोभा बढाएको बताउँदै आफुले हिम्मत र मिहिनेत गरे जुनसुकै काम गर्न सक्ने बताउनुभयो। 
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोईरालाले कलेजले आजसम्म राम्रो कामहरु गर्दै आएको बताउनुभयो। उहाँले विद्यालय सँग हातेमालो गरेर अगाडि बढने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो। 
बधाई तथा सम्मान कार्यक्रममा गैँडाकोट नगरपालिकाका वडाका जनप्रतिनिधिहरु, कलेजका शिक्षक लगाएत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।