सांस्कृतिक सम्पदा संरक्षणका लागि युवालाई अभिमुखिकरण  

२०७९ असार १० शुक्रबार १६:०५:०० मा प्रकाशित

गैँडाकोट । सांस्कृतिक सम्पदा संरक्षणका लागि गैँडाकोटका युवाहरुलाई अभिमुखिकरण गरिएको छ । 
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा गैँडाकोट १ स्थित नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बोल्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारीले कार्यक्रममा पुराना कुराहरुलाई पठनपाठनमा जोड्न सके सांस्कृतिको संरक्षण गर्न सकिने बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले सांस्कृतिक सम्पदालाई नैतिक शिक्षा सँग जोडेर व्यवहारमा लागु गर्न सके सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले अबका पुस्तालाई संस्कृति जोगाउन पर्नुको महत्त्वबारे अवगत गराउनु सके संस्कृति संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । 
कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले स्थानीय पाठ्यक्रममा पनि संस्कृतिलाई समावेश गरी विद्यालय तहदेखी नै अध्यापन गराउँदै आएको बताउनुभयो । आयोगका सचिवालय सचिव गोविन्दप्रसाद अर्यालले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने आयोगका प्राविधिक अधिकृत पदमराज जोशीले सहजिकरण गर्नुभएको कार्यक्रम थियो ।
“सांस्कृति सम्पदा (भौतिक÷अभौतिक) संरक्षण एवं सम्बद्र्धनमा युवा अभियान” अन्र्तगत सुरु भएको २ दिने अभिमुखिकरण कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकार, विद्यालयका प्रधानाध्यापक ईन्द्रराज शर्मा, विद्यार्थी, शिक्षक, संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।