नवदुर्गा आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा ठाकुरप्रसाद सापकोटा चयन 

२०७९ असार ७ मंगलबार १६:२१:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोट १ स्थित नवदुर्गा आधारभुत विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरेको छ। जसको अध्यक्षमा ठाकुरप्रसाद सापकोटा चयन हुनुभएको छ। त्यस्तै सचिवमा शक्तिप्रसाद कंडेल, सदस्यहरुमा गैँडाकोट एकका वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, विष्णुप्रसाद शर्मा, गँगा परियार, धर्मराज पौडेल, विभा विक,  पार्वती ढकाल चयन हुनुभएको छ। 
त्यस्तै शिक्षक अभिभावक समितिको संयोजकमा पूर्णप्रसाद गौडेल चयन हुनुभएको छ । भने सदस्यहरुमा सन्दिप गुरुङ, लक्ष्मी परियार, जीवन कुमाल, सरस्वती रानाभाट, नन्दु कुमाल, विजय गुरुङ, लक्ष्मी दर्जी चयन हुनुभएको छ । 
नवदुर्गा आधारभुत विद्ययालयको नयाँ व्यवस्थापन समिति गठन गर्ने कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटाले विद्यालयमा पहिलाको भन्दा धेरै सुधार भएको बताउनुभयो। उहाँले विद्यालयलाई आफुले सक्दो सहयोग गर्ने समेत बताउनुभएको छ। 
गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले सबैजना मिलेर नवदुर्गा आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाउन सकिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। 
समिति गठन कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक लगायत संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहको थियो।