शाइनिङले पायोे आइ एस ओ पुरस्कार

२०७९ असार ५ आइतबार १९:०२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट स्थित शाइनिङ आवासिय माध्यमिक विद्यालयले आइ एस ओ पुरस्कार पाएको छ । विद्यालयले आइ एस ओ पुरस्कार पाएको खुशीयालीमा विद्यालयमा बधाई सम्मान तथा आइ एस ओ ९००१–२०१५ उत्सव समारोह गरिएको हो । बेलायतको ए एस एल संस्था लगायतका संस्थाले बिद्यालयको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप लगायत परियोजना अन्र्तगत रहेर अध्यापन गराएकाले सो अवार्ड प्राप्त गरेको हो । 
विद्यालयमा शिक्षक, विद्यार्थीहरु, कर्मचारी, अभिभावक लगायतले गरेको मिहिनेतले गर्दा सो अवार्ड विद्यालयले प्राप्त गरेकोमा सबैलाई बधाई दिनका लागि कार्यक्रम आयोजना गरेको साइनिङ इङलिस माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मिप्रसाद दवाडीले बताउनुभयो। आगामी दिनमा गुणस्तरिय शिक्षा र परियोजना अन्र्तगत रहेर अध्ययन, अध्यापन गराइने बताउनुभयो । 
कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षा विकासका लागि नगरपालिकाले बिशेष ध्यान दिने बताउनुभयो । कोहि वालवालिका शिक्षाबाट बञ्चित नहुन भन्नका लागि योजना बनाएर काम गर्ने बताउनुभयो । 
त्यस्तै गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईले शिक्षा क्षेत्रको विकासका लागि सबै विद्यालयको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सबै विद्यालयसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।  
सो कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अधिकारी , गैँडाकोट ५ का वडा अध्यक्ष रत्न सापकोटा, बालविकास माविका प्राचार्य दिपक राउत, कन्टिनेन्टल आमाविका प्राचार्य विनोद पौडेल , स्मल हर्ट एकेडेमीका प्राचार्य निर्मल पाण्डे , गैँडाकोट ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य शान्ति न्यौपाने,  गैँडाकोट ५ का वडा सदस्य द्रोणवन सन्यासी , उषा परियार, वरिष्ठ लोक गाएक  अम्मर विरही गुरुङ लगाएत संघसंस्थाका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा विद्यार्थीहरुलाई व्याच वितरण गरिएको थियो ।