मौलाकालिका मन्दिरको अध्यक्षमा शालिकराम सापकोटा सर्वसम्मत

२०७९ जेठ २६ बिहीबार १९:३६:०० मा प्रकाशित


गैँडाकोट । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको अध्यक्ष पदमा शालिकराम सापकोटा सर्वसम्मत हुनुभएको छ । मन्दिरको १३ आँै अधिवेशनको अन्तर्गत विहिबार नयाँ कार्यसमितिका लागि मनोनयनको समय थियो । अध्यक्ष पदमा निवर्तमान अध्यक्ष शालिकराम सापकोटाको मात्र उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत हुनुभएको छ । 


यसैगरी उपाध्यक्ष १ पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । उपाध्यक्ष पदमा खगेन्द्रदास कंडेल(खगराज), डिल्लीप्रसाद पाठक र काशिनाथ कंडेलको उम्मेद्वारी परेको छ । 


सचिव पदमा भूमिश्वर शर्मा पौडेल र श्यामसुन्दर पराजुलीको उम्मेद्वारी रहेको छ । कोषाध्यक्षमा सुवनप्रसाद ढकाल र नेत्रप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ । सहसचिवमा कमलप्रसाद कंडेलको मात्र उम्मेद्वारी रहेको छ । कंडेल सर्वसम्मत हुनुभएको छ । सह कोषाध्यक्षमा धना पौडेल, नारायण सापकोटा, केशवहरि पौडेलको उम्मेद्वारी रहेको छ । 


कार्यसमिति सदस्य ९ पदका लागि २१ जनाको उम्मेद्वारी परेको छ । सदस्यहरुमा कमलापति शर्मा, सूर्यप्रसाद चालिसे, गिता ढकाल, चोमाकुमारी सुवेदी, देवकी मिश्र पौडेल, सिता तिवारी, बद्रिप्रसाद रिमाल, ओमविक्रम सापकोटा, राधादेवी पोख्रेल, जमुना खनाल, राधिका सापकोटा पाठक, राजेन्द्र प्रसाद गौडेल, सुनिल प्रसाद ढकाल, चिरञ्जिवि पोख्रेल, कृष्णकुमार श्रेष्ठ, झंकनाथ पौडेल, केशवप्रसाद सापकोटा, बलबहादुर कुमाल, गणेश शर्मा पौडेल, शम्भु तिवारीको उम्मेद्वारी रहेको छ । 


लेखा समिति संयोजकमा थानेश्वर चालिसे, जनकलाल तिवारी र शोभाकान्त काफ्लेको उम्मेद्वारी रहेको छ ।  लेखा समिति सदस्य पदमा खेमराज चालिसे, शसिचन्द्र सिग्देल, चेतनाथ गौडेल, इन्दिरा शर्मा, बाबुराम खनाल, लालमणि पौडेल, पूर्णकला पौडेल, तारानाथ अधिकारीको उम्मेद्वारी रहेको निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले विजय एफएमलाई जानकारी दिनुभएको छ ।