पदभार गरेकै दिन प्रकाशले भने “भृकुटी चोकदेखि नागरिक कलेजसम्मको बाटो सुधारका लागि बजेट ल्याएको छु”

२०७९ जेठ ९ सोमबार १२:५६:०० मा प्रकाशित


गँैडाकोट । गैँडाकोट नगरपालिका वाड नं. २ मा वडा अध्यक्ष प्रकाश सापकोटाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार विहान वडा कार्यालयमा भएको कार्यक्रममा सापकोटाले पदभार गर्नुभएको छ । उहाँसँगै वडाका नवनिर्वाचित वडा सदस्यहरु खगराज आचार्य, काशीराज अर्याल, सीता श्रेष्ठ र सकिरा छिनाल (परियार) समेत जिम्मेवारी सम्हाल्नु भएको छ । सापकोटाले पदभार ग्रहण गर्दै भृकुटी चोक देखि नागरिक कलेजसम्मको बाटो पिचका लागि प्रदेश सरकारबाट बजेट आएको छ । अब केही समयमा वडाबासीले सास्ती भोग्नु नपर्ने सापकोटाले बताउनुभयो । सापकोटाले गैँडाकोट २ लाई बालमैत्री वडा निर्माण गर्ने र व्यवस्थित वडा कार्यालय निर्माणमा प्राथमिकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।