स्थानीय, पश्चिमी वायु र चापीय रेखाको प्रभाव कायमै 

२०७९ जेठ ९ सोमबार ०८:१२:०० मा प्रकाशित

गैँडाकोट
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका केही  स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

जेठ ९ गते सोमवार  देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। देशका केही  स्थानहरुमा र मेघगर्जन र चट्याङ्ग  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही देशका  बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

जेठ १० गते मंगलबार  सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग  र  हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


जेठ ११ गते बुधबार  देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग  र  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। स्देशका उच्च पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ का उच्च  पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।