भरतपुरको महानगर प्रमुखमा दाहालको फराकिलो अग्रता, सुवेदी ९ हजार ८७२ मतले पछि । 

२०७९ जेठ ९ सोमबार ०७:१२:०० मा प्रकाशित

चितवन
चितवनको भरतपुर महानगरपालिकामा नेकपा  माओवादी केन्द्र की उमेद्वार रेनु दाहालले फराकिलो मततान्तर बनाउनुभएको छ ।  १९  हजार ७९४ मत गणना गर्न बाँकी रहँदा दाहालको अग्रता ९ हजार ८७२ पुगेको छ । गन्न बाँकी रहेको वडामा कांग्रेस, एमाले र माओवादीको मिश्रित मत रहेको अनुमान गरिएको छ । ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले ४३ हजार ४८४  मत प्राप्त गर्नुभएको छ । दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ६१२ मत ल्याएका छन्  ।  त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १३ हजार ३३० मत प्राप्त गर्नुभएको छ । 
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडी हुनुहुन्छ ।  उहाँले  ४४  हजार ८२८  मत प्राप्त गर्नुभएको छ ।  अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २६  हजार ६१५ मत ल्याउनुभएको छ । १ लाख २७ हजार ८३९ मत खसेको भरतपुरमा १ लाख ८ हजार ४५ मत गणना भैसकेको छ । 
२९ वडा रहेको भरतपुरमा २३  वटा वडा गनेर सकिएको छ । अहिले २३ र २५ नम्बर वडाको मतगणना जारी छ ।  
 २३ मा नेपाली कांग्रेस अगाडि छ भने  २५ नम्बर वडामा एमालेका  उमेद्वार अघि छन् । अब गन्न  बाँकी रहेका वडा मध्ये यसअघि २६मा माओवादी, २७मा कांग्रेस र २८ र २९ नम्बर वडामा एमालेले जितेको थियो ।