भरतपुरमा करेन्ट सट भई आगोलागी हुदाँ एकको मृत्यु, एक जना घाइते

२०७९ जेठ ८ आइतबार १४:५९:०० मा प्रकाशित

चितवन
चितवन भरतपुरमा आज दिउँसो करेन्ट सट भई आगोलागी हुदाँ एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । शिखर ईन्सुरेन्स कम्पनिमा कार्यरत भरतपुर– १० कटहर चोक बस्ने बर्ष ३५/३६ की सकुन्तला पौडेल सुबेदी गम्भीर घाईते भइ उपचारको लागी भरतपुर अस्पताल लगिएकोमो अस्पतालले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 
आज दिउँसो १ः१५ बजेको समयमा चितवन भरतपुर म.न.पा. १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा  संचालन रहेको शिखर ईन्सुरेन्स कम्पनिको शाखा कार्यालयका कर्मचारीहरुले कम्पनिको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी भएको थियो । 
अर्का घाईते सोही ईन्स्युरेन्समा कार्यरत भरतपुर ७ बस्ने बर्ष ३१÷३२ को तरुण थापालाई उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाईएको छ  अवस्था –मध्यम रहेको कम्पनिको सोही शाखाका मेनेजर अरुणदेव आचार्यले जानकारी दिनुभयो ।  
उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरुको सहयोगमा १ बजेर ४० मिनेटमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगोलागिका कारण केही फायलहरु जलि नष्ट भएको र अन्य अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।