वन संरक्षण सचेतनाका लागि विजय एफएम सम्मानित

२०७८ फाल्गुण १२ बिहीबार ११:५५:०० मा प्रकाशित


नवलपुर । सामुदायिक रेडियो विजय एफएम १०१.६ सम्मानित भएको छ । तराई क्षेत्रकै पहिलो सामुदायिक वन धुसेरी सामुदायिक वन उपभोक्ता समूह देवचुली रजहरको रजत जयन्तीमा विजय एफएम १०१.६ सम्मानित भएको हो ।

बुधबार रजहर स्थित वनको प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, संविधान सभा सदस्य कृष्ण पौडेल, वनका अध्यक्ष लोक बहादुर कार्की क्षेत्री, उपाध्यक्ष देवुमाया बानियाँले सम्मान गर्नुभएको हो । सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण एवम् गरिबी न्यूनीकरणमा पत्रकारिता क्षेत्रको माध्यमबाट गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै विजय एफएम १०१.६ लाई सम्मान गरिएको हो ।

एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले सम्मान पत्र ग्रहण गर्नुभएको थियो । हाम्रो वन रेडियो कार्यक्रम मार्फत विजय एफएमले सूचना तथा समाचार सम्प्रेषण गर्दै आएको छ । 
वन संरक्षणको क्षेत्रमा कलम चलाउने विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । डेढ दशकदेखि पत्रकार क्षेत्रीले कलम चलाउँदै आउनुभएको छ । त्यस्तै वनलाई सहयोग गर्ने अन्य ब्यक्ति तथा संस्था, संस्थापक एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।