गैंडाकोट वडा नं १ द्वारा हाम्रो चिनारी पुस्तक प्रकाशन

२०७८ माघ १३ बिहीबार १९:४४:०० मा प्रकाशित


गैँडाकोट
गैंडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा नेतृत्वको वडा समितिले आफ्नो कार्यकालमा सम्पन्न गरेका विकास योजना, वडाले प्रवाह गरेका सेवा सुविधा तथा धार्मिक पर्यटकीय पक्षहरुलाई समेटेर तयार गरेको हाम्रो चिनारी पुस्तकको विहिबार एक समारोहका विच विमोचन गरिएको छ । 
कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उक्त पुस्तकको विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्दै नगरप्रमुख पौडेलले गैंडाकोट वडा नं १ ले सबै वडा भन्दा पहिला बालमैत्री वडा घोषणा,वडा कार्यालय स्थापना गरि किर्ति राख्न सफल भएकोमा उच्च प्रशंसा गर्नुभयो । हाम्रो चिनारी पुस्तकले गैंडाकोट वडा नं १ को धार्मिक पर्यटनको सम्भावनालाई प्रचार प्रसारमा ल्याउन सहयोग पुर्याउने कुरा बताउनुभयो । विशिष्ठ अतिथी नगर उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाले आफ्नो कार्यकालमा भए गरेका सम्पूर्ण योजना तथा कार्यक्रम बजेटलाई जनता समक्ष जानकारी गराउने कार्य पुस्तक मार्फत गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उपप्रमुख कंडेलले वडा नं १ ले नयाँ कार्यहरु गरि र्किति कायम गरेको कुरा बताउनृुभयो ।


कार्यक्रममा कोविड १९ को संक्रमण रोकथाम तथा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सहयोग पुर्याउनु हुने गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल,कोभिड नियन्त्रण अभियान एवं वडामा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न उत्कृष्ट कार्य गनुहुने वडा सदस्य सुरेन्द्र प्रसाद रेग्मी, महिला स्वास्थ्य स्वयंसेविका पार्वती चालिसे, पहिलो महिला स्वास्थ्य स्वयंसेविका उषा सापकोटा, कोभिड राहत कार्यक्रममा सहयोग पुर्याउनु हुने समाजसेवी षडानन्द लामिछाने, शिवराज काफ्ले के.आर सिंङ् राना, हरियाली गैंडाकोटका अध्यक्ष गणेश सापकोटा, गत वर्ष वडामा सञ्चालित क्वारेन्टाइनमा भान्छा व्यवस्थापनमा सहयोग गर्नुहुने कृष्णप्रसाद शर्मा पौडेल, आवास व्यस्थापनमा सहयोग गर्ने मौलाकालि सामुदायिक वन उपभोक्ता समूह,बालमैत्री वडा निरन्तरतामा सहयोग गर्ने जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था,नेपाल राष्ट्रिय शमंसेर आदर्श मा.वि, सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय, गैंडाकोट इङ्लिस स्कुल र सामुदायिक रेडियो विजय एफ एमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, मिलन टोल महिला समूह र धारापानी टोल विकास संस्था लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । वडा अध्यक्ष हरि प्रसाद सापकोटाले आफ्नो कार्यकालमा सहयोग पुर्याउनु हुने जग्गा दाता, सम्पूर्ण वडाबासीमा धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सफल भएको महसुस गरेको बताउनु भयो ।


 कार्यक्रममा गैंडाकोट वडा नं १ ले गरेका कार्यक्रम र हाम्रो चिनारी पुस्तकका बारेमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अमृत भट्टचन, युवा समाजसेवी बद्री सापकोटा,सरस्वती निकेतन आवासीय मा.विका प्रधानाध्यापक भरतबाबु कंडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा लगायतले आफ्नो धारणा राख्नुभएको थियो । उक्त पुस्तकका विषयवस्तुका बारेमा पुस्तकका प्रधान सम्पादक जगन्नाथ उपाध्यायले प्रकाश पार्नु भएको थियो । वडा सचिव पदमप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा वडा सदस्य सीता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । हाम्रो चिनारी पुस्तकको प्रधान सम्पादकको रुपमा जगन्नाथ उपाध्याय ,सम्पादकको रुपमा श्रीधर उपाध्याय र लालमणी पौडेल रहनुभएको छ ।