स्मल हार्ट एकेडेमीलाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

२०७८ माघ १२ बुधबार १९:४१:०० मा प्रकाशित


गैँडाकोट । स्मल हार्ट एकेडेमी गैँडाकोटलाई ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कूल अवार्ड (आइएसए) २०२२ प्राप्त गर्न सफल भएको छ । यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक कार्यक्रम गर्दै जाने र परियोजना सञ्चालन गरेर अध्ययन, अध्यापन गराइने प्रधानाध्यापक निर्मल पाण्डेले जानकारी दिनुभयो । 
ब्रिटिश काउन्सिल प्रदान गरिने आइएसए अवार्डका लागि विभिन्न परियोजना र कार्यक्रमहरु गरेर अवार्ड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताउनुभएको छ । उहाँले सरकारी विद्यालय र निजी विद्यालयलाई जोड्ने काम यस अवार्डले गरेको बताउनुभयो । यसले अन्तर्राष्ट्रिय कोलाब्रेसन, विद्यार्थीले सिकेका सीपका आधारमा अवार्ड प्राप्त गरेको संगीत र गीतसँग सम्बन्धित परियोजना, टिफिनमा के ल्याउने जसमा जंक फुडलाई खान हँुदैन भन्ने, गुन्द्री बनाउन सिकाउने र त्यसको महत्त्वका बारेमा विद्यार्थीले सीप सिकेका थिए । विद्यार्थीसँगै यसमा अभिभावक पनि संलग्न भएर काम गरेको जनाउँदै यसले गर्दा खुसी तुल्याएको बताउनुभयो ।  
प्रधानाध्यापक पाण्डेले पुरानो अवस्थाबाट नभई विद्यार्थीलाई सिर्जनशिल बनाएर काम गर्ने र परियोजनाले सहयोग गरेको बताउनुभयो । अवार्ड प्राप्त गर्न सहयोग पु¥याउने सबैलाई उहाँले धन्यबाद ज्ञापन गर्नुभएको छ ।