शाइनिङ विद्यालयलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

२०७८ माघ १२ बुधबार १९:३६:०० मा प्रकाशित


गैँडाकोट । शाइनिङ आवासिय माध्यमिक विद्यालयले ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०२२ प्राप्त गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल प्रदान गरिने आइएसए अवार्डका लागि विभिन्न परियोजना र कार्यक्रमहरु गरेर अवार्ड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद दवाडीले जानकारी दिनुभयो । 
यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक कार्यक्रम गर्दै जाने र परियोजना सञ्चालन गरेर अध्ययन, अध्यापन गराइने प्रधानाध्यापक दवाडीले बताउनुभयो । उहाँले विद्यालयले बिभिन्न परियोजना सञ्चालन गरेको र अवार्ड प्राप्त गरेको बताउनुभयो । विद्यालयले विभिन्न ७ परियोजना सम्पन्न गरेको थियो । बिद्यालयले वातावरण, संस्कृति, दाइजो प्रथाको बिषयमा काम गरिरहेको र सिकाइलाई यसरी नै सञ्चालन गरिने पनि उहाँको भनाई छ ।
विद्यालयले अवार्ड प्राप्त गर्न सहयोगी भूमिका निर्वाह गर्ने आइएसए कोर्ओडिनेटर, शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई बधाइ तथा धन्यबाद ज्ञापन गर्नुभएको छ ।