नवलपुरमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु गोरखा

२०७८ माघ १२ बुधबार १७:२०:०० मा प्रकाशित


गैँडाकोट । नवलपुर, चितवन लगायत मध्ये नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

४ बजेर ५४ मिनेटको समयमा गोरखा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखा केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि नेपालमा पौष २३ गते रुकुम पूर्व केन्द्रविन्दु भई ४.२ म्याग्निच्युटको भूकम्प गएको थियो ।