गैँडाकोटमा छुटेकालाई भोली र पर्सी खोप

२०७८ माघ १२ बुधबार १६:४६:०० मा प्रकाशित


प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोटमा कोभिड १९ विरुद्धको खोप लगाउन छुटकाहरुलाई भोली र पर्सी (१३ र १४ गते) खोप लगाईदैँछ । यसअघि खोप लगाउन नपाएका तथा पहिलो खोप लगाएर दोस्रो खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन थालिएको हो । कोभिड १९ विरुद्धको खोप लगाउन छुट भएका १२ वर्षदेखी १८ वर्ष मुनिका लागि १३ र १४ गते गरि दुई दिन मोर्डेना खोपको पहिलो र दोस्रो मात्रा लगाईदैँछ । त्यस्तै कोभिशिल्ड तथा भेरोसेलको दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरुका लागि पनि भोली र पर्सि नै लगाउने गरि कार्यतालिका बनाईएको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
गैँडाकोट स्वास्थ्य चौकी, गैँडाकोट नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीबाट १३ र १४ गते गरि दुई दिन खोप सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कोभिडको संक्रमण दर तिव्र रहेकोले खोप लगाउन आउँदा सामाजिक दुरी कायम राख्दै मास्क लगाई उपस्थित हुनका लागि उहाँले अनुरोध गर्नुभएको छ ।