जनप्रतिनिधिले लिए १ करोड १६ लाख पारिश्रमिक

२०७८ माघ ११ मंगलबार १५:१४:०० मा प्रकाशित

  
प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट नगरपालिकाको चालु आर्थिक वर्षको हालसम्म जनप्रतिनिधिले १ करोड १६ लाख रुपैयाँ पारिश्रमिक वापतको रकम बुझेका छन् ।
यस आर्थिक वर्षका लागि पदाधिकारी पारिश्रमिक २ करोड २५ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म उनिहरुले १ करोड १६ लाख ९ हजार ८ सय ७० रुपैयाँ बुझेका हुन् । जुन प्रतिशतमा ५१.५१ प्रतिशत हुन आउँछ । १ करोड ९ लाख २८ हजार १ सय ३० रुपैयाँ मौज्दात रहेको छ ।
आर्थिक वर्षको साउन १ गतेदेखी हालसम्म पदाधिकारी बैठक भत्तावापत ११ लाख ५६ हजार ९ सय ५० रुपैयाँ लिएको देखिन्छ । पदाधिकारी बैठक भत्ताका लागि ४३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको थियो । पदाधिकारीको अन्य सुविधाको लागि ५ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म सो वापत कसैले पनि लिएका छैनन् ।
पदाधिकारीहरुले ईन्धनवापत २ लाख ७७ हजार ६ सय ८४ रुपैयाँ लिएका छन् । पदाधिकारीको ईन्धनका लागि १५ लाख छुट्याईएकोमा चालु आर्थिक वर्षको यस अवधिसम्म १८.५१ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । ईन्धन पदाधिकारी शिर्षकमा १२ लाख २२ हजार ३ सय १६ रुपैयाँ मौज्दात रहेको छ ।