गैँडाकोटमा एक महिनामा ८ करोड १२ लाख खर्च

२०७८ माघ ११ मंगलबार १०:५८:०० मा प्रकाशित


प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा ८ करोड ११ लाख ९२ हजार ८ सय ३३ रुपैयाँ खर्च गरेको छ ।
यो सँगै चालु आर्थिक वर्षको हालसम्म मात्र एक चौथाइ खर्च भएको छ । नगरपालिकाले आय व्यय विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको माघ ६ गतेसम्म जम्मा २५.७३ प्रतिशत खर्च भएको उल्लेख गरेको छ । यस आर्थिक वर्षको हालसम्म २५ करोड ८१ लाख १० हजार ४५ रुपैयाँ ३६ पैसा खर्च भएको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।  
सार्वजनिक गरिएको विवरण अनुसार चालु खर्च ३२.३१ प्रतिशत र पूँजीगत खर्च १६.१ प्रतिशत रहेको छ । आर्थिक वर्षको साउन १ गतेदेखी पौष ७ गतेसम्म १७ करोड ६९ लाख १७ हजार २ सय ११ रुपैयाँ ८५ पैसा खर्च गरेको थियो ।
नगरपालिकामा गत महिना ९५ करोड ३२ लाख ९२ हजार ९ सय ५२ रुपैयाँ प्रस्तावित आय रहेको थियो । यो महिना बढेर १ अर्ब ३० लाख १४ हजार ९ सय ५२ प्रस्तावित आय रहेको छ । हालसम्म ६५ करोड ३२ लाख ५३ हजार ७ सय ६ रुपैयाँ ३० पैसा वास्तविक आय रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
हालसम्म संघीय सरकारबाट २७ करोड १९ लाख ७६ हजार ७ सय ५० रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ८ लाख ४५ हजार ५ सय रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ३६ लाख १६ हजार २ सय ५१ रुपैयाँ, आन्तरिक स्रोतबाट २८ करोड ६८ लाख १५ हजार २ सय ५ रुपैयाँ २८ पैसा वास्तविक आय रहेको लेखा अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
कर्मचारी कल्याण कोषमा सत प्रतिशत अर्थात पुरा १५ लाख खर्च देखिन्छ । अन्य कुनै शिषर्कमा सत प्रतिशत खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको यस अवधिसम्म १४ वटा शिर्षकमा खर्च शून्य रहेको लेखापाल जनक कार्कीले जानकारी दिनुभयो । पोशाक, औषधि उपचार खर्च, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, पदाधिकारी अन्य सुविधा, ईन्धन अन्य प्रयोजन, स्थानीय तहलाई सःशर्त पूँजीगत अनुदान, सामाजिक सुरक्षा, उद्दार राहत तथा पुनस्र्थापना खर्च शून्य रहेको छ । त्यस्तै सवारी साधन तथा मेशिनर औजार भाडा, भैपरी आउने चालु खर्च, गैर आवासिय भवन निर्माण÷खरिद, निर्मित भवनको संरचनात्मक सुधार खर्च, खानेपानी संरचना निर्माण र भैपरि आउने पूँजीगतको खर्च शून्य रहेको विवरणमा उल्लेख गरिएको छ ।