गैंडाकोटमा कोभिड १९ विरुद्धको खोपबारे अन्तरक्रिया

२०७८ माघ ७ शुक्रबार १८:४८:०० मा प्रकाशित


गैंडाकोट । गैंडाकोटमा पालिका स्तरीय कोभिड १९ विरुद्धको खोप कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । युएसएड, बेस नेपाल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा सुआहाराले गैंडाकोट नगरपालिकामा आज अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सुआहारा कार्यक्रमका नवलपरासी संयोजक कृष्ण गुरुङले खोपको अवस्था बारे जानकारि गराउनु भएको थियो । उहाँले जिल्लाका चार वटा पालिकामा case investigation and contract tressing (केस इन्भेस्टिगेसन एन्ड कन्ट्रायक्ट ट्रेसिङ) कार्यक्रम मार्फत स्वास्थ्य परामर्श, स्थानीय तहलाई आवश्यक सहयोग, आइसोलेसन अनुगमन, तालिम, मास्क स्यानिटाइजर वितरण लगायतका कार्यक्रम गरिएको जनाउँदै १५१ टोल समिति गठन गरि परिचालन गरिएको जानकारी दिनुभयो । 


समितिले गैंडाकोटमा ४० वटा टोल समितिका मात्रै ९ हजार ५३९ जनालाई भेट गरिएकोमा ८०५ कोभिड संकास्पद मध्ये  परिक्षणका लागि अनुरोध गरिएकोमा ७२० जनाले परिक्षण गर्दा १७४ जनामा कोभिड संक्रमण भएको पाइएको जानकारी दिनुभयो । जिल्लामा खोप लगाउने कार्यको पुर्व तयारी गर्न नसकेको, खोप लगाएको प्रतिबेदन प्राप्त नहुने, प्रयाप्त खोप उपलब्ध नहुने, सिरिन्ज अभाव जस्ता समस्या र चुनौती रहेको बताउनुभयो ।


 गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले गैंडाकोटमा ५२ हजार ३९० जनालाई पुर्ण खोप लगाइएको जानकारी दिनुभयो । माघ महिना सम्म सम्पुर्णलाई खोप लगाइ सकिने उहाँको भनाइ छ । नगरपालिकाका १ हजार ९७२ जनाले क्यु आर कोड कार्ड लिइ सकेको जानकारी दिनुभयो ।

कार्यक्रममा गैंडाकोट नगर उप प्रमुख बिष्णुकुमारी कंडेल, स्वास्थ्य कार्यालय नवलपुरका कोभिड फोकल पर्सन डिल्लीराम तिवारी, सुआहाराका कृषि तथा बजारीकरण अधिकृत विरभद्र सापकोटा, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समापन गर्दै जेष्ठ वडा अध्यक्ष चोलानाथ उपाध्यायले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।


गैंडाकोटमा स्वास्थ्य चौकी गैंडाकोटबाट सोमबार र बिहीबार, गैंडाकोट नगर अस्पतालबाट बुधबार र शनिबार, अमरापुरी स्वास्थ्य चौकीबाट आइतबार र शुक्रबार निशुल्क एन्टिजेन मार्फत कोभिड १९ परिक्षण हुँदै आएको जानकारी गराइएको थियो ।