द घोस्टबाट ज्याकलिनलाई निकालेर सोनललाई भित्राइयो

२०७८ माघ ६ बिहीबार १६:५५:०० मा प्रकाशित


नवलपुर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । दुई सय करोड भारुको मनी लाउण्ड्रिङ मुद्दामा नाम मुछिएपछि उनलाई तनाव भएको हो । 
केही समयअघि दुबई जान लागेको बेला मुम्बई  विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र द घोस्टबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


निरन्तर विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ ।
द घोस्टमा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई लिइएको छ ।