न्यानो बनाउन मौलाकाली वनद्वारा दाउरा वितरण

२०७८ माघ ६ बिहीबार १५:१२:०० मा प्रकाशित


गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण गरेको छ ।

चिसो बढ्दै गएपछि समुहले आफ्नो कार्य क्षेत्रभित्र पर्ने वडा नम्बर १ र २ का विभिन्न चोकमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले चिसोको समयमा जेष्ठ नागरिक र बालबालिकालाई न्यानो होस् भन्ने उद्देश्यले दाउरा वितरण गरिएको बताउनुभयो ।

अहिलेसम्म ४० भन्दा बढि चोकमा दाउरा वितरण गरिएको छ आवश्यकता परेमा फेरि समूहले दाउरा उपलब्ध गराउने अध्यक्ष सापकोटाको भनाइ छ ।