चित्रकलामा रमाउदैँ बालबालीका 

२०७८ पौष २७ मंगलबार १७:४२:०० मा प्रकाशित


इतिहास हेर्ने हो भने, मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात गरेको पाईन्छ । जुन समयमा मानवले भाषाको विकास गरेको थिएन, त्यो समयमा नै उसले चित्रको माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरेको थियो । आधुनिक समयमा चित्रकला आयामहरु बदलिएका छन् । तर माग र रुची घटेको छैन । चित्रकलामा लागेको युवा पुस्ताले भने यसमा भविश्य देखेका छैनन् ।
नवलपरासी गैँडाकोटका अस्मिता थापा समय मिल्यो की, चित्र बनाउन थाल्नुहुन्छ । सादा पानामा रङसँग खेल्नु उहाँको रुचीको विषय हो । चित्रकला तनाव कम गर्ने उपाय मात्रै होईनन् एक्लोपनको साथी पनि बनेको छ । तर यसको व्यवसायिक भविश्य भने अस्मिताले खासै देख्नुभएको छैन ।
संस्कृत साहित्यको युग र ऐतिहासिक कालमा समेत चित्रकला मानवको विचार अभिव्यक्तिको माध्यम भएको प्रमाण पाईन्छ । नेपालमा चित्रकलाको सुरुवात कहिले भयो भन्ने कुराको स्पष्ट जानकारी छैन । तर पनि चित्रकला अभिव्यक्तिको सशक्त माध्यम हो भन्ने कुरामा दुई मत छैन । बुझेर वा नबुझेर युवा पुस्ता चित्रकलामा रमाईरहेको छ। । देवचुली १ का अनमोल महतोलाई चित्र बनाउदै निकै खुशी लाग्छ । उहाँ यसैमा रमाउन चाहानुहुन्छ ।
चित्रकला सजिलो छैन । चित्रकारहरु भन्छन्, कुनै पनि चित्र मिहेनत, लगाव र सिर्जनशिलताको सङ्गम हो । गैँडाकोट ११ का आयुस्मा रेग्मिले पनि सानैदेखी चित्र कोर्न थाल्नुभएको हो । उहाँलाई चित्रकलामै भविश्य खोज्नु छ ।
चित्र बनाउने कला जो कोहीमा हुँदैन । कवि एवम चित्रकार गोविन्दराज बिनोदी  देखेका कुरालाई चित्रको माध्यमबाट देखाउने सिपका लागी कडा मिहेनत चाहिन्ने बताउनुहुन्छ। सँगै चित्रकलामा टिक्नका लागि धैर्यता पनि आवश्यक रहेको उहाँको भनाई छ । 
चित्र बनाउने चाहना र सीप भएका व्यक्तिको राम्रो भविष्य छ भन्नुहुन्छ चित्रकार तथा कलावती आर्टस्का संचालक भिमप्रसाद शर्मा । झण्डै पचास वर्ष देखि चित्र बनाउदै आउनुभएका शर्माले यसको माग नेपालमा मात्र नभई विदेशमा पनि राम्रो रहेको बताउनुभयो ।
सबैले बुझ्ने भएका कारण चित्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय भाषाका रुपमा व्याख्या गर्ने गरिन्छ । शब्द वा बोलीले भन्न नसकिएका कुरा पनि चित्रले बोल्नसक्छ ।