भ्रमण लगायतका शिर्षकमा ५० लाख रकमान्तर

२०७८ पौष २७ मंगलबार १६:२५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकामा कर्मचारी तथा पदाधिकारीको भ्रमण लगायतका विविध विषयमा ५० लाख रकम रकमान्तर गरिएको छ ।

गैँडाकोट नगरपालिकाको प्रशासनिक तर्फको चालु खर्च शिर्षकमा विनियोजन भएको रकम अपुग भएकाले विभिन्न शिर्षकमा आन्तरिक राजस्वतर्फको रकम विनियोजन गरिएको हो । अपुग रकम रकमान्तर गर्ने ८२ औँ नगर कार्यपालिका बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्मचारी तथा पदाधिकारी भ्रमण खर्च १० लाख रुपैयाँ, कर्मचारी तथा पदाधिकारी बैठक १० लाख, प्राविधिक कर्मचारी करार व्यवस्थापनका लागि अपुग २० लाख रुपैयाँ र सवारी साधन मर्मत तथा अन्य भाडाका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।