आज धान्यपूर्णिमा मनाइदै 

२०७८ पौष ४ आइतबार ०७:४५:०० मा प्रकाशित


नेपालमा हरेक वर्ष नयाँ धानको आगमनलाई मसिंर शुक्ल पूर्णिमाका दिन धान्ने पूर्णिमाका रूपमा मनाउने चलन छ । आज धानको विधिपूर्वक अर्चना र आराधना गरिन्छ । आजका दिन नयाँ धानको दान गर्ने, नयाँ धानको चामक पिसेर मालपुवा खाने, दान गर्ने चलन छ । ठाउँ अनुसार नयाँ धानको पीठो पिसेर सेल रोटी बनाउने, मालपुवा, बाबर या अन्य ठाउँअनुसारको परिकार बनाउने खाने गरिन्छ । बच्चाहरूको अन्नप्रासन गर्नका लागि वर्षभरिका तिथिहरूमा आजको तिथि विशेष मानिन्छ । धान्यपूर्णिमा दिन कुल देवताहरुको मन्दिरमा पूजा गर्ने समेत प्रचलन रहेको छ ।