नवलपुरमा आज  १९ जनामा कोभिड १९ पुष्टी

२०७८ मङ्सिर ९ बिहीबार १७:२७:०० मा प्रकाशित



 नवलपुरमा आज थप १९ जनामा कोभिड १९ पुष्टी भएको छ । यो सँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या  ३३ पुगेको छ । स्वास्थ कार्यलय नवलपुरका अनुसार आज  गैँडाकोटका १८ र देवचुलीका १ जनामा कोभिड १९ पुष्टी भएको हो ।
 यस्तै सबैभन्दा धेरै सक्रिय संक्रमित गैँडाकोटमा रहेका छन् । गैँडाकोटमा ११ जना सक्रिय संक्रमित छन् भने कावसोतीमा ९ जना, मध्यबिन्दुमा ४ जना, देवचुलीमा २ जना, विनयी त्रिवेणीमा १ जना र  हुप्सेकोटमा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरद्वारा जारी सुचनामा जनाइएको छ ।
 यस्तै आज २२ जनाले कोभिड १९ लाई जितेसँगै डिस्चार्ज हुनेको हालसम्मको संख्या ८ हजार २ सय ९९ पुगेकोे स्वास्थ्य कार्यलयले जनाएको छ ।